भक्तपुर जिल्लाको परिचय
कला संस्कृति र पुरातात्विक वस्तुहरुको भण्डारको रुपमा राष्टिूय तथा अन्तराष्ट्रिय क्षेत्रमा
प्रख्यात यस भक्तपुर जिल्ला काठमाण्डौ जोडिएर रहेको नेपालको सवै भन्दा सानो जिल्ला हो ।
पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण यस जिल्लामा विश्व सम्पदामा सूचीमा सूचीकृत पचपन्न
झ्याले दरवार, मध्यकालिन दरवार, चाँगुनारायण मन्दिर, दत्तात्रय मन्दिर, पाँचतले मन्दिर
लगाएतका ऐतिहासिक कला र संस्कृतिले भरिपूर्ण सम्पदाका साथै डोलेश्वर महादेव,
सूर्यविनायक, अनन्तलिंगेश्वर, दक्षिण वाराही, निलवाराही, चारखण्डी महादेव, एसियाको अग्लो
महादेवको मूर्ति जस्ता प्रसिद्व धार्मिक स्थलहरु रहेका छन् । नेपालको प्रसिद्व पर्यटकिय स्थल
नगरकोट यसै जिल्लामा पर्दछ जुन भक्तपुर बजारबाट २० कि मि उत्तर पूर्वमा रहेको छ ।
भक्तपुर जिल्लाको नामांकरण सम्वन्धमा विभिन्न स्थानमा रहेको शिलालेख, ताम्रपत्रहरु
जस्ता अभिलेखमा उल्लेखित प्रमाणहरु तथा लिच्छविकालिन मानदेवको पालाको देवपाटनमा
रहेको रत्न संघको अभिलेखमा खापोङ्गगा्रमा उल्लखे भएको पाइन्छ भने भक्तपुरको खलाछें
टोलमा भएको अभिलेखमा खृपाङ्ग ग्राम उल्लेख भएको पाईन्छ । यसैको आधारमा भक्तपुरलाई
ख्वपू भन्ने चलन चलेको भनाई छ । त्यसै गरि वि सं १९९२ तिर भद्रग्राम भन्ने गरेको र यसैको
आधारमा भादगाउँ हुन गएको अनुमान समेत रहेको छ । त्यस्तै भक्तपुरमा विभिन्न देवालय,
मठ, मन्दिर, तिर्थस्थलहरु जताततै भएको र हरेक मन्दिर नेपाली शैलीको कलात्मक एवं
सांस्कृतिक तथा धामिर्क भावनाले पेरीत भएको र भक्तपुरका वासिन्दाहरु ज्यादै धर्मात्मा
भएकोले जुद्व शम्शेरले भादगाउँको सट्टा भक्तहरुको पुर भनि भक्तपुर नामांकरण गरेको देखिन्छ ।
Recent Comments